धनगढी २८ पुस । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार मंगलबार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
आज बिहान ९ः४८ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाइएको छ । उक्त भूकम्पका कारा कनैपनि क्षति भएको कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा यसअघि पुस १९ गते पनि बैतडीको डिलाशैनी गाउँपालिका केन्द्र बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति:
मंगलबार, पुस २८, २०७७, २१:१२:००