धनगढी १६ माघ । देश, जनता र प्रजातन्त्रक लागि आफ्नो जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।
जहानिया राणा शासन, निरङ्कुस पञ्चायती शासन र राजतन्त्रका विरुद्ध पटकपटक लड्दै प्रजातन्त्र हुँदै लोकतान्त्रीक गणतन्त्र ल्याउनका लागि आफ्नो प्राण आहूति दिने वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गतेका दिन सहिद दिवस मनाइँने गरेको छ ।
निरङ्कुस शासन व्यवस्थालाई हटाएर नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउनका लागि महत्वपुणर् योगदान गर्ने वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनको स्मरण गर्दै तथा अन्य शहिदहरुको सम्झनामा शहिद दिवस मनाइँने गरेको हो ।
निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई विसं १९९७ माघ १० गते टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
निरङ्कुश जहानियाँ राणा शासनका विरूद्ध आवाज उठाउदा आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न सड्घ संस्था तथा संगठनहरुले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ नाइँदै आएको भएपनि सरकारले भने शहिदको अवमूल्यन गर्ने गरेको आोप लाग्ने गरेको । सरकारले विभिन्न करणबाट मृत्यु भएका आफु निकटकालाई शहिद घोषणा गरेर शहिद शब्दको अपमान गरेको बेलाबखत ओरापसमेत लाग्ने गरेको छ ।
प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०७७, ०८:१६:००