धनगढी २२ माघ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेकपा प्रचण्ड-माधव समूहले टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराइ रहेका छन् । उक्त समूहले आज सरकारले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोमा आमहड्तालको आयोजना गरेको छ ।
धनगढीको क्याम्पस चौक, ट्राफिक चौराह लगायतका क्षेत्रमा नेकपाका कार्यक्रर्ताले टायर बाले प्रदर्शन गरेका छन् । आज बिहानैबाट सडकमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराएका छन् । उनीहरुले यातायातका साधन नचलाउन नचलाउन आग्रह गरिरहेका छन् ।





प्रकाशित मिति:
बिहिबार, माघ २२, २०७७, ११:३५:००