डडेल्धुरा २३ माघ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुका वर्षा र हिमपात भएको छ । यहाँका पहाडी जिल्लाका उच्च भेगमा हिउँ पर्नुका साथै वर्षा भएको छ । वर्षा र हिमपातका कारण चिसो अत्याधिक बढेको छ ।
डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसहित वर्षा आएका छ । हिमपात भएपछि पहाडी जिल्लामा चिसो बढेसंगै यहाँको जनजीवन प्रभावित बनेको छ ।
यसपाली हिमपात वर्षा नभएका कारण अन्नवाली खासै नहुने भनेर दिक्क भएका किसानहरु भने हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।


तस्बिरहरु/विरेन्द्र बिष्ट ।
प्रकाशित मिति:
शुक्रबार, माघ २३, २०७७, १०:३६:००