महेन्द्रनगर ६ फागुन । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको एक होटलका कामदार मृत अवस्थामा फेला परेका छन् ।महेन्द्रनगर बसपार्कमा रहेको शिगास दर्शन होटल एण्ड लजमा कार्यरत एक जना मजदुर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृत अवस्थामा फेला परेका होटल मजदुर डोटी जिल्ला घर भएका दलबहादुर पार्की रहेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमरबहादुर थापाले जानकारी दिए । मृतक मजदुर पार्की होटलको आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पार्कीको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
बिहिबार, फागुन ६, २०७७, ०७:५९:००