धनगढी ६ फागुन । दक्षिण अफ्रिकाका खेलाडी क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल)मा इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएका छन् । मोरिस १६ करोड २५ लाख भारुमा बिक्री भएका हुन् ।
आज बिहिवार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थान रायल्सले १६ करोड २५ लाख भारुमा किनेको हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले युवराज सिंहलाई १६ करोड भारुमा किनेको थियो । पछिल्लो सिजनमा मोरिसले रोयल्स च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए ।
मोरिसले सन् २०२० को आईपीएलमा ९ खेलमा ११ विकेट लिएका थिए । उनले आजसम्म आईपीएल क्रिकेटका ७० खेलमा ८० विकेट लिइसकेका छन् ।
नेपाली खेलाडी सन्दीपलाई कसैले किनेन्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनैपनि टोलीले किनेनन् । बिहिवार भएको को १४औं संस्करणका लागि मिनी अक्सनमा कुनै पनि टोलीले सन्दीपका लागि ‘बोली’ लगाएनन् ।

उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा तीन सिजनका लागि किनेको थियो । उनलाई दिल्लीले यो सिजन रिलिज गरेको हो । आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने मौका पाएका थिए । आईपीएलमा सन्दीपले नौ खेल खेल्दा १३ विकेट लिएका थिए ।
प्रकाशित मिति:
बिहिबार, फागुन ६, २०७७, २०:२६:००