बैतडी ७ फागुन । बैतडी जिल्लाको दोगडाकेदार वडा नम्बर ७ चडेपानिकी भागरथी भट्टका आरोपीत दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि आफन्तले शव बुझेका छन् । बिहिबार प्रहरीले आरोपीतका बुवा समेतलाई संगै राखी लिइएको बयानमा दिनेशले आफैले भागरथीलाई घाइते बनाई बलात्कार गरि हत्या गरेको स्वीकार गरेका थिए ।
न्यायीक हिरासतमा आरोपीतका बुवा सहित राखेर लगातार ४ घण्टासंम्म लिइएको बयानमा आरोपीत दिनेशले आफैले भागरथीलाई घाईते बनाएर बलात्कार गरी हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।
भागरथीलाई लडाएर घाइते बनाएको र त्यही अवस्थामै बलात्कार गरेको दिनेशले स्वीकार गरेको प्रहरीले बताएको छ । बलात्कारपछि घाटीमा थिचेर हत्या गरेको उनले स्वीकार गरका छन् । मृतक भागरथी २१ माघ विद्यालयबाट फर्कीरहेको समयमा हराएर दोस्रो दिन २२ गते मृत अबस्थामा फेला परेकी थिइन् ।
प्रहरीले दिनेशले हत्या गरेको कुरामा विश्वास लाग्दा ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई आरोपीतसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको थियो ।
बिहिबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा आरोपीतका आफन्त सहित राखेर लिइएको बयानमा आरोपीत दिनेशले घटना आफैले गरेको स्वीकार गरेको मृतकका काका शिबराज भट्टले बताए ।
यसैबीच आरोपीत दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि मृतक भागरथीको शव आज दाहसस्ंकार गरिने भएको छ । हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरी थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शब बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।
आज बिहान गोठलापानि बजारदेखि सेरासम्म शवयात्रा निकालिने मृतक आफन्तले बताएका छन् । शवयात्रामा सहभागीता भैदिन उनीहरुले आफन्त तथा सुभेच्छुकहरुमा आग्रह समेत गरेका छन् । प्रहरीले अभियुक्त दिनेशलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ७, २०७७, ११:२९:००