बझाङ ७ फागुन । डडेलधुरा जिल्ला अमरगडी नगरपालिका ५ घर भई हाल बझाङ सदरमुकाम चैनपुरमा होटल ब्यवसाय गर्दै आएका शिवराज पन्त र उहाँकी पत्नी रिता पन्तको संयुक्तm खातामा दश लाख रकम हुलाक बचत बैंकमा बचत छ । साथै उहाँकी छोरी ममता पन्त र नावालक छोरा त्रिलोक पन्तको पनि १ लाख ७ हजार बचत छ ।
पन्त परिवारको हुलाक बचत बैंक बझाङका दुई खातामा ११ लाख रकम जम्मा गरेका छन् । तर यो परिवारले आफ्नो बचत खाताबाट पैसा निकाल्न सकेको छैनन् । उनी जस्तै यहाँका व्यवसायी, महिला समुह, ब्यक्तिmगत गरी १७ सय जना बचतकर्ताहरुले हुलाक बचत बैंकमा रकम जम्मा गरे तर कारोबार गर्न पाएका छैनन् । जिल्ला हुलाक कार्यालयका निमित कार्यालय प्रमुख रणबहादुर कठायत र हुलाक बचत बैङ्कको फाँटमा काम गर्ने कर्मचारी शिवराज उपाध्यायले हुलाक बचत बैङ्कको रकम अपचलन गरेर भष्टचार गरेको आराप लागेपछि हुलाक बचत बैङ्कको कारोबार बन्द हुदाँ सबै बचतकर्ताहरु मर्कामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैजाना कर्मचारीको नाममा रकम अपचलन गरेको आरोपमा विशेष अदालतमा मुद्घा दर्ता गरेपछी गएको चैत महिनाबाट जिल्ला हुलाक बझाङले सञ्चालन गरेको बचत बैङ्कमा बचतकर्ताहरुले आफ्नो रकम झिक्न र बचत गर्न पाएका छैनन् । “मैले अहिले सम्म होटल ब्यवसायबाट आम्दानी गरेको सबै रकम हुलाक बचत बैङ्कमा जम्मा गरेको छु । बचतकर्ता शिवराज पन्तले भने । अहिले मलाई पैसाको साह्रै समस्या परेको थियो खातामा जम्मा रहेको पैसा झिन्न पाएको छैन् । उनी जस्तै चैनपुर नजिकै भोपुर घर भएकी सिता जोशीले पनि महिला समुहको बचत गरेको रकम निकाल्न नपाएको गुनासो गरिन् । यि त प्रतिनिधि मात्र हुन हुलाक बचत बैकमा बचतकर्ताहरु दैनिक जसो रकम निकाल्न आउन्छन् तर कर्मचारीहरुले अहिले कारोवार बन्द छ भनेर फिर्ता लगाउने गरेका छन् ।
हुलाक बचत बैङ्कको २ करोड ८४ लाख ८९ हजार ९ सय ७१ रकम कार्यालय प्रमुख रणबहादुर कठायतले अपचलन गरेको र दुइ करोड २४ हजार ८ सय ६९ रुपैयाँ कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्घा दायर गरेको छ । हुलाक बचत बैंकका बचतकर्ताहरुले बचत गरेको यो रकम कार्यालयकै कर्मचारीबाट अनियमितता भएर अख्तियारले मुद्घा दायर गरेपछी हुलाक विभागले तत्कालका लागी कारोबार बन्द गर्न परिपत्र गरे अनुसार २०७६ सालको चैत महिना देखी कारोबार बन्द भएको कर्मचारी यज्ञराज खत्रीले बताए ।
उनले हुलाक बचत बैंकको सबै रकम ५ करोड ६२ लाख ६२ हजार रकम रहेको मध्ये अहिले खातामा ७२ लाख मात्र मौजात देखिन्छ । यो रकम बचतकर्तालाई पनि दिन नपुग्ने र विभागबाट पनि कारोबार बन्द गर्ने परिपत्र अनुसार बचतकर्ताको रकम फिर्ता दिन नसकिएको बताए । हुलाक बचत बैंकमा बचत भएको सबै रकम निमित्त कार्यालय प्रमुख रण बहादुर कठायत र कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको हुदाँ हुलाक बचत बंकमा पैसा नभएको समेत उनले बताए । एक बर्ष देखी आफ्नो खाताको रकम निकाल्न नपाएर मर्कामा परेका बचतकर्ताहरु दैनिक रुपमा हाम्रो रकम कहिले निकाल्न पाइन्छ भनेर कार्यालयमा आउने गरेको उनले बताए ।
अहिलेका कार्यालय प्रमुख झलक रोकायाले भने, लेजरमा पैसा देखिन्छ तर खातमा पैसा छैन् । विभागले कतै सोध भर्ना गरेर बचतकर्ताहरुको रकम दिनु आवश्यक भएको उनको भनाइ छ । उनले रकम हिनामिना गर्ने कर्मचारीलाई अख्तियारले मुद्घा चलाइसकेको हुदाँ उनिहरुबाट असुल उपर गर्ने काम हुदै गरेपनी सेवाग्राहीको समस्या सरकारले समाधान गरिदिन पर्ने वताए ।
सर्वसाधारण नागरिकहरुको सानोतिनो बचत गरेको पैसा हुलाक बचत बैङ्कबाट निकाल्न नपाए पछी आफ्नो पैसा पाउनु पर्ने भन्दै बचतकर्ताहरुले हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालाहरुलाई जम्मा गरेको पैसा उपलब्ध गरिदिन माग गर्दै आएका छन् । कार्यालयका कर्मचारीहरुबाट हुलाक बचत बैंकको रकम हिनामिना भएर अख्तियारमा मुद्घा परेर आफ्नो बचत गरेको रकम निकाल्न नपाएपछि बचतकर्ताहरु रकम पाउनेकि नपाउने भनेर अन्यौलमा परेका छन् । बचतकर्ताहरुको समस्या देखेर हुलाक कार्यालयका कर्मचारीहरुले पनि बचत रकम उपलब्ध गराई दिन विभागमा परिपत्र गरेको छ र तर अहिले सम्म कुनै निकास नभएको हुदाँ आफुहरुलाई पनी अप्ठेरो हन थालेको उनीहरु बताउछन् । हुलाक बचत बैंकको रकम अपचलन गरेको आरेपमा अक्तियारले मुद्घा लगाएका कर्मचारीहरु कठायत र जोशी अहिले धरौटीमा रिया भएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ७, २०७७, २१:४५:००