बारा ८ फागुन । मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल ६ लाख घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय प्रमुख खनाल र लेखापढी व्यवसायी बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो ।
शुक्रबार अख्तियारको टोलीले बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको जर्गा होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । दुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको र फुकुवा गराउने प्रक्रिया मिलाइ दिएबापत घुस रकम मागेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दुबै जनाले उक्त जग्गा फास्ट ट्रयाकबाट पास गराइदिने र सो गराइदिएबापत घुस रकम मागेको सूचनाका आधारमा अख्तिरयार टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसाल जनाएका छन् ।
प्रकाशित मिति:
शनिबार, फागुन ८, २०७७, १२:३३:००