काठमाडौँ ८ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिवन्ध हटने सक्ने संकेत देखिएको छ । आज पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आफुहरु वार्ताका लागि तयार रहेको जनाएपछि उक्त समूहमाथिको प्रतिवन्धलाई सरकारले हटाउन सक्ने अनुमान गरिएको छ ।
नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेसँगै सरकारले आजै प्रतिबन्ध हटाउन लागेको बताइएको छ । सम्भवतः प्रधानमन्त्री ओलीले बिप्लव समुह माथी लगाईएको प्रतिबन्ध आजै हटाउने घोषणा गर्ने छन् ।
यसअघि पुर्व सभामुख तथा नेकपा ओली समूहका नेता सुबास नेम्बाङले आज प्रधानमन्त्री ओलीले महत्वपुणर् सुचना सार्वजनिक गर्ने बताएका थिए ।

प्रकाशित मिति:
शनिबार, फागुन ८, २०७७, १६:१५:००