धनगढी ८ फागुन । नेपाल शिक्षक संघ धनगढी उप-महानगरपालिकाको तेस्रो नगर प्रतिनिधिसभा एक समारोहकाबीच शनिबार धनगढीमा सम्पन्न भएको छ । सभामा आर्थिक प्रतिवेदन अर्थ सचिव गोविन्द जोशीले प्रस्तुत गरेका थिए । त्यस्तै सांगठनिक प्रतिवेदन सचिब हरिश चन्दले प्रस्तुत गरेका थिए ।
कार्यकमका प्रमुख अतिथी धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले नेपाल शिक्षक संघका साथीहरुले शैक्षिक गुणस्तर वृद्धि गराउन अहम भूमिका खेलिरहेको बताए । उनले पार्टीका शुभेच्छुक तथा भातृसंस्थाहरु पार्टीका मेरुदण्ड भएको धारणा राखेका थिए । ‘आफू नगरप्रमुखमा विजयी भएपछी विद्यालयलाई भौतिक रुपमा सक्षम बनाउन देशभरीमा धनगढी उप महानगरपालिकाले सबभन्दा बढी काम गरेको छ । नगरपालिका भरी ३७ विद्यालयका भवन निर्माण, शौचालय, पर्खाल र आईसीटी कक्षा संचालन गर्न श्रोत साधन उपलब्ध गराएका छौं,’ उनले भने ।
नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्टले कोभिड महाव्याधिको बेला निजीस्रोत शिक्षकप्रति विद्यालय र राज्य गैरजिम्मेवार व्यवहार देखिएको बताए । शिक्षक संघले देश भरीका स्थानीय समितिहरूलाई कृयाशिल गराएर यो समस्यालाई बहसमा ल्याएर साथीहरुको पिडालाई आत्मसाथ गरेको हो उनदे भने । शिक्षकका सबै समस्या समाधान गर्न नेपाल शिक्षक संघ संघर्षरत रहेको बताउदै उपाध्यक्ष भट्टले भने, ‘यसका लागि वार्ता गर्न टोली गठन गरिसकेको छ । चौंध पन्द्र बर्ष सम्म बढुवा नभएका शिक्षक साथीहरुलाई बढुवा गराउन नेपाल शिक्षक संघ लागीपरेको छ ।’
नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष भुपाल सिंह खड्काले शिक्षा समिती सदस्यको जिम्मेवारी ग्रहण गरेपछी विद्यालयहरुमा दरवन्दी मिलानले त्रासको वातावरण आएको ले शिक्षा समितीले विद्यालयका शिक्षक र विद्यार्थीको अनुपात अनुसार अध्ययन गरेर न्यायिक कार्य गरेको बताए । नेपाल शिक्षक संघले सशक्त आन्दोलन गरेकोले अस्थाई शिक्षकहरु स्थायी भएका र स्थायी हुन नसकेकालाई सेवा सुविधा दिएर सरकारले अवकाश दिएको उनले बताए ।
नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपालीले संगठन भित्र सहिष्णुतालाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक भावनाको श्रीवृद्धी गरेर शिक्षकका समस्याहरू समाधान गर्न सकिने बताए । कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिम बहादुर बलायरले नेपाल शिक्षक संघ कैलालीले अवगत गराएका शैक्षिक समस्या समाधान गराउन जिल्ला देखि केन्द्र सम्म पहल गरिरहेको जानकारी गराएका थिए । उनले शिक्षकका असमान अवस्थालाई समाधान गर्न महासंघ शिक्षकहरुको साथमा रहेको बताए ।
नेपाल ट्रेड युनियन काग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहले बाल विकास शिक्षिका र निजीस्रोत शिक्षक प्रती राज्य र विद्यालायहरुको भुमिका उपेक्षापूणर् भएकोले शिक्षक संघले उनीहरुको समस्या समाधान गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले दवाव र आन्दोलन बिना यि समस्या समाधान गर्न सम्भव नभएकाले शिक्षक संघले आन्दोलन र बहस छलफल एकै साथ गर्न पर्ने बताए ।
शिक्षक संघका सुदूरपश्चिम प्रदेश उपमहासचिव प्रेम बहादुर शाहीले विद्यालय कर्मचारीहरु सरकारको उपेक्षाको सिकार भैरहेकाले निजामती कर्मचारी सरह सेवा सुविधा हुनुपर्ने भन्दै देश संघीयतामा गैसकेपछि शिक्षक संघको सांगठनिक ढाचा पनि सघीय प्रणालीमा गैसकेकोले पहिले भन्दा अहिले संगठन निर्माण चुनौतिपूणर् भएकोले सदस्यता नविकरण र बिस्तार तथा योजना सुव्यवस्थित नभएसम्म शिक्षकका पेशागत सुरक्षा प्रत्याभुत हुन नसक्ने बताए ।
शिक्षक संघका प्रदेश महासचिब डिल्लीराज पन्तले संगठनलाई सशक्त बनाउन प्रजातान्त्रिक आचरण र संस्कारको विकास हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा आफू कार्यरत विद्यालयमा दिन शिक्षक संघका साथीहरु उदाहरणीय बन्न सक्नुपर्ने बताए । निजिस्रोत शिक्षकका लागि नगर शिक्षक योजना धनगढी उप-महानगरपालिकाले लागु गर्नुपर्ने भारण राखेका थिए । नेपाल शिक्षक संघका अर्थ सचिव जयप्रकाश मिश्रले जनप्रतिनिधिहरुले शिक्षकका समस्या प्रति गम्भीर भएर समाधान गरेमा शैक्षिक वातावरण राज्यले लिएको उद्देश्य अनुसार हुने बताए ।
नेपाल शिक्षक संघ धनगढी नगर उपाध्यक्ष मोहन भण्डारीले राहत दरबन्दीलाई दरबन्दीमा परिणत गरि स्थायी गर्न सशक्त पहल गनुपर्ने बताए र उनले विद्यालय कर्मचारी, निजीस्रोतका शिक्षक बारे सरकार उचित व्यवस्थापन गर्नुपर्ने र बाल बिकासका शिक्षिकाको पारिश्रमिक समय सुहाउँदो बनाउनु पर्ने बताए ।
समारोहमा निजीश्रोतका शिक्षक पुणर् बहादुर थापाले निजी श्रोतका शिक्षकहरू सबै सामुदायिक विद्यालयहरूमा कार्यरत रहेका र उनीहरु अत्यन्त न्यून पारिश्रमिकमा शिक्षण गरिरहेका बताए । उहीँ तहमा अध्ययन गर्दापनि पारिश्रमिकमा विभेद रहेकोले पारिश्रमिकमा विभेदमा अन्तय गर्न शिक्षक संघले भुमिका खेल्नुपर्ने बताए । उनले धनगढी उप-महा नगरपालिकाले ल्याउन लागेको नगर शिक्षक कार्यक्रम शिघ्र कार्यान्वयनको लागि सशक्त पहल गरिदिन नेपाल शिक्षक संघका सबै तहहरुलाई अनुरोध गरे ।
त्यस्तै नगर समितिका उपाध्यक्ष मोहन भण्डारीले सरकारले शिक्षकहरुका बिचको खाडल हटाउनुपर्ने शिक्षकहरू बिचको विभेद समाप्त गर्नुपर्ने भारणा राखेका थिए । उनले शिक्षकको मनोवल घटाएर शिक्षाको गुणस्तर बढाउन नसकिने बताए । यस्तै बाल बिकास शिक्षिका बागेश्वरी बिनाडीले बाल बिकास शिक्षिकाहरुबाट काम मात्र लिने र न्युनतम पारिश्रमिक पनि नदिएर हामीहरुलाई उपेक्षा गरेको बताए ।
कार्यक्रममा आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थराज पाण्डेयले शिक्षक सहकारीलाई प्रगती तिर उन्मुख गराउने र सहकारीको अर्को साधारण सभामा शेयर होल्डर ज्यूहरुलाई बोनस उपलब्ध गराउने प्रण गरे । शिक्षक आन्दोलन कै कारण आज हामी शिक्षकहरूले सुविधा प्राप्त गर्न सफल भएका छौं । त्यस्तै सुबिधा निजीश्रोत, राहत र बालबिकास शिक्षकका लागि उपलब्ध गराउन आन्दोलनको आवश्यकता भएको उनको धारणा थियो ।
नेपाल शिक्षक संघ धनगढीको तेस्रो नगर प्रतिनिधिसभा नगर अध्यक्ष नवराज ओझाको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालन संघका सचिब हरिश चन्द र स्वागत मन्तव्य अर्थ सचिव गोविन्द जोशीले राखेका थिए ।