एजेन्सी ९ फागुन । छिमेकी मुलुक भारतका चार राज्यमा फेरी कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा पछिल्ला केहि दिनमा कोरोना भाइसका संक्रमित लगातार बढिहरका छन् ।
महाराष्ट्रमा कोरोनाभाइरसका संक्रमित बढेसंगै त्याँका अन्य तीन राज्यमा पनि कोोनाका संक्रमित ह्वात्तै बढेका हुन् । महाराष्ट्र राज्यको विधर्भा क्षेत्रमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा लकडाउन गरेर नयाँ स्वास्थ्य निर्देशिका जारी गरेका थिए ।
भारतमा पछिल्ला केही महिनादेखि निरन्तर रुपमा घटिरहेका कोरोना संक्रमित केही दिनयता भने बढिरहेका खवरख आउन थालेका छन् । फेब्रअरी १६ मा ९ हजार १२१ कोरोनाका संक्रमित भेटिएको भारतमा फेब्रअरी २० मा संक्रमण दर बढेर १३ हजार ९९३ पुगेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
भारतका चार राज्यका मुख्य शहरमा कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि त्यहाँ मा कोरोना संक्रमणको दोस्रो लहर आउन लागेको अनुमान गरिएको छ । ठूलो संख्यामा कोरोना भाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ प्रजातिको कोरोनाभाइरस फैलिए अवस्था जटिल हुने विज्ञहरूले अनुमान गरेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १ करोड ९ लाख संक्रमित भएका छन् भने १ लाख ५६ हजारको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति:
आईतबार, फागुन ९, २०७७, १४:२८:००