धनगढी ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमवार सुदूरपश्चिम प्रदेश आउने भएका छन् । कञ्चनपुर जिल्लामा पर्ने दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम आउन लागेका हुन् ।
९ अर्ब लगानीमा ५ वर्ष भित्र निर्माण सम्पन्न गरि सक्ने दैजीछेला औद्योगिक क्षेत्रको भोलि प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमका लागि संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट यहाँ पुगिसकेका छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली दोस्रो पटक सुदूरपश्चिम आउन लागेका हुन् । यसअघि ओली पुष २४ गते धनगढीका आफ्रनो समूहले आयोजना गरेको जनसभामा सहभागि हुन धनगढी आएका थिए ।
भोली प्रधानमन्त्री ओलीले बेदकोट नगरपालिका वडा नम्बर २ मा रहेको झरना खेल मैदानमा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने जनाइएको छ ।
प्रकाशित मिति:
आईतबार, फागुन ९, २०७७, १९:५७:००