धनगढी ९ फागुन । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले पार्टी भित्रबाटै प्रतिपक्षको जन्म भएपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।
‘सर्वोच्च अदालतले संसद विघटनको पक्षमा फैसला गर्ने बताएका छन् । सरकारले वैशाखका निर्वाचन गर्नका प्रकृया अगाढी बढाएकाले सर्बोच्च अदालतले पनि सरकारकै पक्षमा फैसला गर्ने छ ।’ प्रेस संगठन कैलालीले गरेको पत्रकार सम्मेलन मन्त्री भट्टले बहस सकिएकाले सर्बोच्च अदालतले दुईचार दिनभित्रै फैसला गर्ने बताए ।
उनले नेकपा प्रचण्ड-माधव समूहले सर्बोच्चले प्रतिनिधिसभा बिघटन सदर गरे जनअदालत जाने जस्ता अभिव्यक्ति दिएकोमा त्यसलाई हास्यसपदको संज्ञा दिए । यस्ता अभिव्यक्ति स्वतन्त्र न्यापालिकाका बिरुद्ध रहेको मन्त्री भट्टको आरोप थियो । सरकारले संसद बिघटन गरेर नयाँ जनादेश ल्याउनको लागि नै जनता माझ जाने भनेकाले त्यसबाट कोही डराउन नहने बताए ।
पत्रकारसंगको कुराकानीमा मन्त्री भट्टले निर्वाचन आयोगले चुनाव गराउनका लागि तयारी थालीसकेकोले वैशाखमा निर्वाचन हुनेमा संका गर्नुपर्ने कारण नभएको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारको काम प्रति लक्षित गर्दै प्रदेश सरकार सुतेको आरोप लगाएका थिए । ‘प्रदेश सरकार मर्याद पालना गर्न र जनताको काम गर्नको साटो हराएको अवस्थामा रहेको छ ।’
उनले विप्लव समुह बर्ताको लागि सकारात्म भएकाले सरकार पनि वार्ताको लागि पुणर्रुपमा तयार रहेको जानकारी दिए । उनले सरकार र विप्लव समुहबीच अनौपचारिक रुपमा छलफल भएपछि औपचारिक वार्ता अगाडी बढ्ने बताए ।
प्रकाशित मिति:
आईतबार, फागुन ९, २०७७, २१:११:००