धनगढी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुरको वेदकोट नगरपालिकास्थति दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपर आउने भएका छन् ।
दुई दशक लामो समयदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आज बिहान काठमाडौँबाट श्रीएयरलाइन्सको जहाज मार्फत धनगढी विमानस्थल आईपुग्ने बताइएको छ ।
धनगढी विमानस्थलमा केहि समय आराम गरेर प्रधानमन्त्री ओली नेपाली सेनाको हेलीकप्टर मार्फत सिधै कञ्चनपुरको वेदकोट नगरपालिका स्थीत औद्योगिक शिलन्यास कार्यक्रमस्थल जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउन लागेपछि सुरक्षामा कडाइ गरिएको कञ्चनपर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, ०७:२१:००