डडेल्धुरा १० फागुन । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ कैलपालमाण्डौंमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउपालिका स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका स्ने शिक्षक देवीलाल भट्ट रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरेको र अनुसन्धान जारी रहेको बताए ।
सुस्त मनस्थितीकी ति बालिकालाई शिक्षक भट्टले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । भुवनेश्वरी माविमा फरक क्षमता भएका विद्यार्थीलाई बस्नका लागि आवासको व्यवस्था रहेको र विद्यार्थीहरुको आवस नजिकै बस्दै आएका ४२ बर्षका शिक्षकले शनिबार बालिकालाई जबरजस्तिकरणी गरेका थिए ।
विद्यालयमै बालिकालाई जवरजस्ती गर्ने शिक्षकलाई डडेल्धुराबाट गएको इन्सपेक्टर नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको वडा अध्यक्ष चेतराज भट्टले जनाएका छन् । वडाध्यक्ष भट्टले अभियुक्त शिक्षकलाई हदैसम्मको सजाय हुनुपर्ने समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, ११:१४:००