काठमाडौं १० फागुन । मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ । बहुचर्चित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आज सोमवार पानी हालेर परीक्षण थालिएको हो ।
खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका-१ अम्बाथानको मुख्य गेट फुटेर आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
यसपटक पहिलेको जस्तो समस्या नदोहोरियोस् भनेर विशेष शतर्कता अपनाइएको बताइएको छ । उक्त स्थलमा हेलिकप्टरलाई पनि तैनाथी अवस्थामा राखिएको छ । मेलम्चीको सुरुङ भरीन १६ दिन समय लाग्ने बताइएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, १३:२३:००