महेन्द्रनगर १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको दैजी छेलाऔद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । सोमबार ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।
औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले दैजी छेलाऔद्योगिक क्षेत्र निर्माणको कामले गति लिने बताए । सरकारले उक्त औद्योगिक क्षेत्रको नौ अर्ब लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरी लक्ष राखेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जमिन उपलब्ध गराएको छ । हाल चार सय बिघा जग्गामा भौतिक संरचना निर्माण गरिने बताइउको छ ।
२०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरेका थिए । त्यसयता भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । औद्योगिक क्षेत्र निर्माणका लागि सिलन्यास भएसंगै स्थानीय हर्षित भएका छन् । डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने बताइएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, १६:०७:००