धनगढी १० फागुन । कोरोना भाइरसबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आज कारोनाका कारण कसैलेपनि ज्यान गुमाउनु नपरेको जनाइएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ रहेको छ । नेपालमा अब कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, १९:५५:००