महेन्द्रनगर ११ फागुन । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६भुरकोटमा एक महिलाले आफ्नै श्रीमानको फरुवा प्रहार गरी हत्या गरेकी छन् ।
आज मंगलबार बिहान जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ भुरकोटकी वसन्ती चौधरीले आफ्ना श्रीमान ओमकुमार चौधरीमाथि फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले प्रारम्भीक सुचनामा घरायसी विवाद हँदा श्रीमती वसन्तीले आफ्रना श्रीमान ओमकुमारमाथि फरुवा प्रहार गरेको बुभिएको बताए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको र फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । टाउकोमा चोट लागेको अवस्थामा ओमकुमारको शव घरभित्रै फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन ११, २०७७, १०:२०:००