काठमाडौं ११ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा दुई महिनाको बहसपछि सर्वोच्च अदालतले आज हेर्दाहेर्दैमा पेसी तोकेको छ ।
फागुन ७ गतेसम्म सबै कानून व्यवसायी र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहस सकिएपछि १० गते भित्र बहस नोट सर्बोच्चमा बुझाउन र मंगलबारका लागि पेशी तोकेको थियो । माघ ४ देखि निरन्तर सुनुवाइ हुँदै आएका बहस गत शुक्रबार सकिएको थियो ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा त्यसविरुद्ध मुद्दा परेको थिए । उक्त मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो ।
सर्बोच्च अदालत फैसलाको अन्तिम तयारीमा जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित भएको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निणर्य सुनाउने प्रयास हुनेछ । त्यसो नभए बहुमत न्यायाधीशहरूको रायमा फैसला आउने छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन ११, २०७७, ११:४४:००