सङ्खुवासभा ११ फागुन । सङ्खुवासभा सदरमकाम चैनपुरमा रहेको श्रेष्ठ पेट्रोल पम्प (आयल सप्लायर्स) मा आगलागी भएको छ । आगलागीबाट पेट्रोल पम्प पूणर्रुपमा जलेर नष्ट भएको जनाएको छ ।
चैनपुर नगरपालिका वडा नम्बर ७ मा रहेको पेट्रोल पम्पमा आज मंगलबार बिहान आगजनी भएको र आगलागीबाट पेट्रोल पम्पमा कार्यरत कर्मचारी सबिन श्रेष्ठ घाइते भएको बताइएको छ । श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीहरु परिचालीत भएका थिए । आगजनीबाट पेट्रोल पम्पसँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति पुगेको बताइएको छ । आगलागीका कारण खुल्न नसकेको र क्षतिको विवरण आउन सकेको छैन् ।
प्रकाशित मिति:
मंगलबार, फागुन ११, २०७७, १४:०७:००