काठमाडौं ११ फागुन । सेयर बजारको परिसूचक नेप्से मंगलबार २१.१६ अंकले घटेको छ । आज नियमित कारोवार सुरुवाती बाटै ओरादो लागेको नेप्से परिसूचक २५८६.५१ अंकमा कायम भएको थियो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सटिभ इन्डेक्स पनि आज २.४१ अंक अंकले घटेर ४७७.९४ विन्दुमा पुगेको थियो । सुरवातीमै तीव्र गतिमा ओरालो लागेको सेयर बजार अन्तिममा केही सम्हालिएको थियो । दिउँसो १ बजेतिर परिसूचक २५१९ अंकसम्म झरेको थियो ।
मंगलबार शेयर बजारमा ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज दिनभर भएका ८३ हजार ३ सय ५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर किनबेच भएका छन् ।
आज परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । बिक्रीमा करिब १० लाख कित्ताको रहेकले केही दिन कम्पनीको मूल्य घट्न सक्ने अनुमान गरिएका छ ।
कारोबारका आधारमा इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोड बराबरको कारोबार भयो । त्यसपछि नविल बैंक, एनआइसी एसिय बैंक, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडी रहेका थिए ।
प्रकाशित मिति:
मंगलबार, फागुन ११, २०७७, १६:३९:००