बझाङ १७ फागुन । बजारमा गाईभैसीको दुुध बिक्री गरे गाईभैसीले दुध दिन छाड्छन र देउता रिसाएर घर गोठमा अनिष्ट हुन्छ भन्ने गलत सामाजिक मान्यता बझाङ जिल्लामा विस्तारै हट्दै गएको छ ।
आफुले घरमा उपभोग गरेर बजारमा दुध बेचेर पैसा आर्जन हुन थालेपछि बझाङ्गीहरुमा गलत चेतना विस्तारै हट्दै गएको हो । अहिले जिल्ला सदरमुकाम चैनपुरमा दुुधडेरी स्थापना भएपछि किसानलाई दुुध बिक्री गर्न झनै सहज भएको छ । दुध बेथेर राम्रो कमाई हुन थालेपछि बजार क्षेत्रका कतिपय किसानहरुले अहिले उन्नतजातका जर्सी गाईसमते पालेका छन् । यसका साथै गाउँमा परम्परागत रुपमा गाईभैसी पाल्ने किसानहरु पनि आजकल बजारमा दुुध बिकी गर्न आउन थालेकाछन् ।
सदरमुकाम चैनपुरका बजारमा दुुधडेरी सञ्चालन गरेकी अनिता सिंहले भनिन्, ‘सुुरुमा दुुध ल्याउन किसानहरु मान्दैन थे अहिले सदरमुकाम चैनपुरमा वरपरका गाँउघरवाट दुुध बिक्रीका लागी किसानहरु आफै आउने गरेका छन् ।’ अनिताका अलावा चैनपुर बजारमा अहिले तीन वडा दुुधडेरीहरु खोलीएका छन् । अनिताको डेरीमा २१ जना किसानले नियमित दुुध ल्याउने गरेका छन् । यहाशाका सबै डेरीमा गरि अहिले दैनिक पाँच सय लिटर दुुध बजारमा आउने गरेको छ ।
बझाङमा अहिले किसानवाट डेरीवालाले दुुध ७५ रुपैया प्रति लिटरमा खरिद गर्छन भने उपभोक्तालाई ९० रुपैया प्रति लिटर बिक्री गर्ने गरेका छन् । विहान बेलुका जती खेर गएपनि डेरीवालाहरुले दुुध खरिद गरिदिर्ने हुदाँ आफुुलाई दुध बेच्न सजिलो भएको किर्षक ईश्वर खड्काले वताए । जिल्लाका बजारमा अरुसवै चिजहरु बहिरबाट आयतित भएपनि दुुध भने स्तरमा किसानले उत्पादन गरेको पाइन्छ ।
परम्परागत रुपमा गईभैसी पालन गर्ने किसानहरुको संख्या घट्दै गको बेला अहिले बजार नजिकका क्षेत्रतिर दुुधडेरी सञ्चालनमा आएपछि केहि किसानहरुले व्यावसायिक रुपमा गाईभैसी पाल्न थालेका छन् । यसरी व्यवसायिक पशुपालनमा स्थानीय लागेपछि बजारमा दुुध पाउन सजिलो भएको जिल्ला भेटनीनरी कार्यालयका प्रमुख पशुुपती नाथ बताउछन् ।
प्रकाशित मिति:
सोमबार, फागुन १७, २०७७, १९:२५:००