काठमाडौं १८ फागुन । २०७८ सालमा मलमासका तीनवटा दशै परेका छन् । २०७७ सालमा मलमास परेकाले चैतमा पर्ने दशै २०७८को वैशाखमा परेपछि आउदो वर्ष तीनवटा दशै परेका हुन् ।
वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराइले यस वर्ष असोज महिनाभर पूरै एक महिना मलमास परेकाले २०७८ सालमा वैशाख, असोज र चैतमा गरी तीनवटा दशै परेको बताए । यसअघि २०७३ र २०७० मा पनि तीनवटा दशै परेका थिए ।
आउँदो वैशाख ७ गते मंगलबार चैत्र शुक्लअष्टमी अर्थात् चैत्रे दशै परेको छ । नेपाल पञ्चागं निणर्ायक समितिको निणर्यअनुसार प्रकाशित पात्रोमा २०७८ को चैत्र २६ गते शनिबार अर्को चैत्र शुक्लअष्टमी अर्थात चैते दशै परेको छ भने आश्विन शुक्लपक्षको बडादशै असोजमा परेको छ ।
यसअनुसार २१ गते बिहीबार घटस्थापना, असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी परेको छ । कात्तिक कृष्णपक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हु्नेछ भने कात्तिक १८ गते लक्ष्मीपूजा र २० गते भाइटीका परेको छ । नेपालीहरुले दशै पर्वलाई विशेषरुपमा मनाउछन् । अन्नपूणर्बाट
प्रकाशित मिति:
मंगलबार, फागुन १८, २०७७, ०७:३६:००