एजेन्सी १५ चैत । सुन्दा अचम्म पनि लाग्न सक्छ विवाह अघि अनिवार्य रुपमा बच्चा जन्माउनु पर्छ भनेर तर यो सत्य हो । अचम्म र अफ्ट्यरो मान्नु पर्ने कुरै छैन् । भारतमा यस्तो स्थान छ,जहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा छ । यसरी बच्चा जन्माउनुलाई शुभ मानिन्छ ।
विवाहपूर्व सन्तान जन्माउने परम्परा हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको सिरोहि र पालीमा रहेको छ । यहाँ विहे अघि सन्तान जन्माउनु वैध छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन पनि मानिन्छ ।
राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको मान्यता छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको मान्ने गरिएको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।
गरासिया जनजातिमा २ दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटा केटीले एक अर्कालाई मन पराउने र बिना विवाह एक साथ रहन थाल्दछन् । यसका साथै बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।
उनीहरुको मान्यता अनुसार वर्षौ पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे । तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीयहरु ‘दापा प्रथा’ का नामले चिन्दछन् ।
प्रकाशित मिति:
आईतबार, चैत १५, २०७७, १६:२६:००