तरुणा जोशी/बझाङ १६ चैत । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं राष्ट्रिय जनगणना सुरु हुने भएपछी बझाङ जिल्लामा स्थापना गरिएको जनगणना कार्यालयले गणनालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । सोमबार जिल्लास्थित सरोकारवालाहरुसंग छलफल सचेतना गोष्ठि गरिएको छ ।
कार्यक्रममा बझाङ जिल्लाबाट राष्ट्रिय जनगणनाको लागी सुपरिवेक्षक र गणक पदमा ३ हजार ५ सय ८१ जनाको दरखास्त परेको जानकारी दिएको छ । जसमा ४ सय ७१ जनाको फारम नमिलेर दरखास्त ड्राफ्टमा बसेको जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए । गणकमा १२ सय ५५ जना महिला, १२ सय ५५ जना पुरुष र २ वटा तेस्रो लिंङ्गीको दरखास्त परेको छ । त्यसै गरी सुपरिवेक्षकमा १ सय २९ जना पुरुष र ३६ जना महिलाको दरखास्त परेको छ । गणक र सुपरिवेक्षक दुबैमा दरखास्त दिने ३ सय ५ जना पुरुष र १ सय २६ जना महिला रहेका छन् ।
जिल्लामा सुपरिवेक्षक ८४ जना र गणक २ सय ७६ जनामा आवश्यक भएको धामीले बताए । साथै फारम नमिलेर ड्राफ्टमा बसेका दरखास्त दिएकााहरुलाई विग्रेको फारम सच्याउन समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथिति जयपृथ्वी नगरपालिका प्रमुख विरेन्द्र खड्का रहनुभएको थियो ।
कार्यक्रमका अथिति नगर उपप्रमुख जुना जाग्री, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राजनीतिकदलका प्रतिनिधि, नागरिक समाज र पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगपालिका मेयर विरेन्द्र बहादुर खड्काले जनगणना राज्यको एउटा महत्वपर्ण पर्व भएकाले यसलाइ आ-आफ्नो क्षेत्रबाट सफल बनाउनमा सहयोग गर्नुपर्ने र बताए । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले १२औं राष्ट्रिय जनगणनालाई गाउँवस्तीसम्म अभियानको रुपमा लैजान पर्ने र संघियता लागु भएपछीको पहिलो गणना भएकाले स्थानीयतहको तथ्याङ्क पहिचान गर्नको लागि वडा देखी केन्द्र सम्मका योजनाको तर्जुमा गर्न समेत गणनाले महत्वपुर्ण भुमिका खेल्ने बताए । जनगणनाका लागि घरपरिवारको लगत लिन २५ प्रश्न र मुख्य प्रश्नावली ५५ र सामुदायिक प्रश्नवली समेत समेटिएको बताइउको थियो ।
प्रकाशित मिति:
सोमबार, चैत १६, २०७७, २२:४५:००