धनगढी २१ चैत । भारतबाट नेपाल फर्कीएका सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भारतका विभिन्न शहरबाट त्रिनगर नाका हुँदै नेपाल फर्कीएका तीन जनाका नयाँ प्रकारको कोरोना भाइरस भएको पुष्टि भएको हो । संक्रमित हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका एक/एक जना रहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
भारतमा रोगजारी गरेर नेपाल फर्कीएका २० जनाको नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौं पठाइएको थियो । उनीहरु मध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना पुष्टि भएको हो । उनीहरु तीनै जना अहिे होम आइशोलेसनमा बसेका बताइएको छ ।
प्रकाशित मिति:
शनिबार, चैत २१, २०७७, १७:४३:००