एजेन्सी २२ चैत । भारतमा कोरोना भााइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो भारतमा एकै दिन संक्रमण पुष्टि भएको सन् २०२१ कै धेरै संख्या हो ।
यसअघि शनिबार भारतमा ८९ हजार १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३५० रहेका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ६५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५१४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति:
आईतबार, चैत २२, २०७७, ०७:४०:००