धनगढी २२ चैत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रोजागरीका लागि त्यहाँ गएका नेपाली स्वदेश फर्कन क्रमपनि बढेको छ । भारतबाट घर फर्कने नेपालीको संख्या बढेसंगै कोरोनाको सिमानाका सहित देशभर सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ ।
सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोन भाइरसको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म रहेका छन् । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।
सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको संख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको संख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ । भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिइ सकेको छ । हाल संक्रमित तीनै जना घरमै आइसोलेशनम बसिरहेका छन् ।
भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि त्यहाँ गएका नेपाली घर फर्कन थालेका छन् । उनीहरु मध्ये केही गहुँबाली भिर्याउन र केही सुदूरपश्चिमको चाड चैते दशैँ र बिसु पर्व मनाउनका लागि घर फर्केका हुन् । सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि सिमा क्षेत्रका भारतीय बजारमा किनमेल गर्ने नेपालीलेसमेत आवतजावत गर्ने गरेका छन् ।
प्रकाशित मिति:
आईतबार, चैत २२, २०७७, १६:५४:००