धनगढी २३ चैत । सुदूरपश्चिम प्रदेशमा आज सोमबार प्रदेश सरकाले सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको अन्तिम होली समेत भनिने खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।
राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिनासम्म मनाइने होरी पर्वको समापनका दिन खखडेहरा मनाउने चलन छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकारको निणर्यअनुसार खखडेहरा पर्वका लागि आज एक दिन सार्वजनिक बिदा दिने निणर्य गरिएको जनाएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन् ।
प्रकाशित मिति:
सोमबार, चैत २३, २०७७, ०८:४०:००