सुनसरी २३ चैत । सुनसरीको इटहरीमा रहेको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ ।
लागलागि भएको उद्योगबाट सामानहरु निकाल्ने काम जारी छ । आगलागी हुनुको कारण अहिलेम्म खुलेको छैन । सोमबार बिहानबाट सुरु भएको आगलागी अझै पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले आगलागी तत्काल नियन्त्रणमा आउन नसक्ने बताएको छ । तर नियन्त्रणको प्रयास जारी रहेका जनाएको छ ।
उद्योगमा आगलागी नियन्त्रणका लागि सुनसरी,मोरङ र झापा जिल्लाका गरी १३वटा दमकल लागिरहेका छन् । यस्तै आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानीयवासीले समेत सहयोग गरिरहेको बताइएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत २३, २०७७, ११:४९:००