डडेल्धुरा २४ चैत । देशभरी जस्तै सुदूरपश्चिम प्रदेशमा पनि विगत केहि दिनदेखि वायु प्रदुषण निक्कै बढेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी, बैतडी, दार्चुला बझाङ, अछाम र बाजुरा जिल्लाका अधिकांश भाग वायु प्रदुषणले ढाकेको छ ।

वायु प्रदुषण बढेसंगै बाहिर हिडडुल गर्न तथा दैनिक कामकाज गर्न निक्कै असहज महसुस भइरहेको छ । वायु प्रदुषणका कारण चिसो हावा चल्ने गरेको छ । जसका कारण छातीमा चिसो महसुुस हुने, सुख्खा खोकी लाग्ने र थकान अनुभव हुने गरेको दुर्गा मावि आलीतालका शिक्षक इन्द्र बहादर साउँदले बताए ।

सोमबारको वायु प्रदूषण सूचाङ्कमा धनगढी देशकै उच्च विन्दुमा पुगेको थियो । सोमबार धनगढीमा ४२९ एक्युआई मापन गरिएको थियो । एक्वुआई ५० सम्म हुनु राम्रो मानिन्छ, ५० देखि १०० सम्मलाई मोडरेट मानिने गरिन्छ यस्तै एक्वुआई १५० सम्म पुग्दा संवेदनशील र २०० सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।

एक्वुआई ३०० हुनु जोखिमपूर्ण हो । यस्तै एक्वुआई ३ सयभन्दा माथि जानुलाई घातक मानिन्छ । यो हिसावमा अहिले देशभर घातक वायु फैलिएको छ । खासगरी सुदूरपश्चिमको वायु अति नै घातक रहको वातावरण विभागको तथ्याङ्कले जनाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ ।

प्रकाशित मिति:
मंगलबार, चैत २४, २०७७, ०६:३२:००