तरुणा जोशी/बझाङ २४ चैत । बझाङको दुर्गाथली गाउँपालिकाका कृषकहरुलाई १०दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । गाउँपालिका वडा नम्बर ६का किसानहरुलाई तालिम दिइएको हो ।
स्थानीय महिला तथा यूवाहरूलाई कृषिमा ल्याउन र यही पेसामा आत्मनिर्भर बनाई रोजगारी सृजना गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको घरेलु कार्यालय बझाङका उधोग अधिकृत खडक बोहराले बताए । पछिल्लो समयमा घरेलु कार्यालय बझाङले जिल्लाका दुरदराजका क्षेत्रका पिछडिएको वर्ग, युवा तथा महिलाहरुलाई माग र बजारको सम्भावना मध्ये नजरगरी देशमै रोजगरी दिने उदेश्यले उद्यमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएको घरेलु कार्यालयका उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले बताए ।
तालिममा १७ जना महिला र ३ जना पुरुषको सहभागिता रहेको थियो । उद्योग अधिकृत खडक बहादुर बोहराको अध्यक्षतामा भएको तालिम सपापन कार्यक्रमका प्रमुख अतिथी सरस्वती प्राविका शिक्षक सुरेन्द्र जप्रेल रहेका चिए । कार्यक्रममा कषृक समुहकी अध्यक्ष माया देवी जप्रेलले जिल्ला कृषि ज्ञान केन्द्रबाट कृषि घर टनेललगायत अन्य समाग्री पाएको र घरेलु कार्यालयले तालिम दिएपछि गाउँलाई कृषिमा नमुना बनाउने बताइन् । उनले गाउँमा सिचाइका लागि पानीको समस्या भएको र समस्या समाधानका लागि सबैले पहल गरिदिनपर्ने बताए ।
घरेलु कार्यालय बझाङका उद्योग अधिकृत बोहराले तरकारीको लागि उयहाँको माटोे राम्रो भएकाले गाउँमा टनेल बनाएर तरकारी लगाएको देख्दा खुसी लागेको बताए । उनले प्रविधि र बजारीकरण लगायत अन्य सहयोगका लागि आफुहरुले सधै सहयोग गर्ने बताए ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०७७, १३:५९:००