काठमाडौं २४ चैत । एमालेको झलनाथ-माधव समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । उक्त समूहले बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
झलनाथ-माधव समूहको केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन निर्णय अनुसार बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । सह-संयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई रहका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । यस्तै उक्त समूहको सचिवमा रचना खड्का रहेकी छन् ।
समानान्तर कमिटी घोषणा कार्यक्रममा १०जनाको नाम पछि थपिने जनाइएको थियो । सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल पक्षले अलगै भएर समानान्तर गतिविधि गर्दै आएका छन् । अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि राख्दै माधव-झलनाथ समूहले पार्टी सुदृढिकरण अभियान कार्यक्रम घोषणा गरिसकेको छ ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०७७, १४:३४:००