महेन्द्रनगर २५ चैत । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम पदेशमा थप एक जनाकाके मृत्य भएको छ । कोरोना भाएरस संक्रमणको दोस्रो लहरपछि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एक संक्रमितको मृत्यु भएको हो ।
कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका-१५ का ४५ वर्षका एकजना कोरोना भाइरस संक्रमित पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले पुष्टि गरे । मृतक ती पुरुष भारतको गुजरातबाट नेपाल फर्किएका थिए । मृतकको शव आज व्यवस्थापन गरिने छ ।
सुदूरपश्चिम प्रदेशमा चैत २१ गते नयाँ भेरियन्टको कोरोना भाइरस तीन जनामा संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भारतबाट नेपाल आएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति:
बुधबार, चैत २५, २०७७, ०७:०६:००