तरुणा जोशी/बझाङ २५ चैत । बझाङको केदारस्यु गाउँपालिकाका एक किशोरविरुद्ध विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
केदारस्यु गाउँपालिका वडा नम्बर २ का १४ वर्षका किशोर सुनिल ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङ्गमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा बुधबार मुद्दा दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको र उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको छ ।
प्रकाशित मिति:
बुधबार, चैत २५, २०७७, २१:४७:००