डडेल्धुरा २६ चैत । नेपाल पत्रकार महासंघ डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन् । बरुण पनेरु नेतृत्वको संयुक्त प्यानललाई पराजीत गर्दै सिंह अध्यक्षमा विजयी भएका हुन् ।
सिंहले ५६ मत ल्यार विजयी भए भने, उनका प्रतिद्धन्द्धी पनेरुले ३६ मत प्राप्त गरेका थिए । । अध्यक्षमा सिंह विजयी हुँदा उपाध्यक्षमा संयुक्त प्यानलका गणेश रोका, महिला उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सह सचिवमा भुपेन्द्र बिष्ट, सह सचिव समावेशीमा प्रकाश पार्की विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भिम खत्री, दिपक राज भट्ट,ममता भट्ट, भावना पौडेल, भक्त गाहामगर र विमल जैरु निर्वाचित भएका हुन । जम्मा ९३ जना मतदता रहेको महासंघ डडेल्धुरामा ९१ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति:
बिहिबार, चैत २६, २०७७, ०८:२०:००