एजेन्सी २६ चैत । बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा रोक लगाइएको छ । राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न बाध्य पारिएको समाचार संस्था बीबीसीले जनाएको छ ।
राजदूत मिनले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताएका छन् । यानमारमा भएको सैन्य ‘कू’को विरोध गरेपछि राजदूतमाथि यस्तो अशोभनीय क्रियाकलाप भएको समाचारमा उल्लेख गरिएको छ । दुतावास प्रबेश गर्न नदिएपछि उनी कफि खाँदै बाहिर बस्नुभएको छ । उहाँलाई बेलायतको प्रहरीले सुरक्षा दिएको छ ।
म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक कू भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । प्रर्दशनकारीहरुले सैनिक नियन्त्रणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग गरिरहेका छन् । म्यानमारमा भएको प्रदर्शनका क्रममा सैनिक र सुरक्षा निकायकाको दमना क्रममा बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको गोली लागेर मृत्यु भइसकेको छ ।
प्रकाशित मिति:
बिहिबार, चैत २६, २०७७, ०८:३७:००