धनगढी । गर्मीले उकुसमुकुस भइरहेका धनगढी बासीहरुले वर्षा भएपछि केही राहत महसुस गरेका छन् । सनिबार दिउँसो वर्षा भएपछि गर्मीबाट आहात भएका धनगढी बासीले राहत महसुस गरेसंगै उनीहरु चिन्तित समेत भएका छन् । वर्षापछि सितलताले राहत पाएका उनीहरु धनगढीको मुख्य बजारको सडक सहित गल्लीहरु जलमग्न भएपछि चिन्तित भएका हुन् ।

वर्षाले धनगढी बजारका मुख्य क्षेत्रमा डुवान भएको छ । वर्षातको पानीको उचित निकास नभएका कारण धनगढी बजार क्षेत्र विगतदेखि डुबानमा हुदै आएको छ । वर्षापछि एल. एन. चोक पार्कमोड, बसपार्क लगायतका क्षेत्रका सडक जलमग्न भएका छन् ।

प्रकाशित मिति:
शनिबार, असार २६, २०७८, १८:३३:००