काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निणर्य गरेको छ । क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा पदमुक्त गर्ने निणर्य गरेको हो ।
यस्तै क्यनले क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछानेलाई राख्ने निणर्य गरेको छ । संघले मल्ल र सिंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निणर्य गर्दै कारवाही गरेको छ । संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण समेत सोधेको थियो ।

प्रकाशित मिति:
बुधबार, मंसिर २९, २०७८, २१:१६:००