एजेन्सी । नेपालबाट अफगानिस्तानी जनताका लागि पठाएको सहायता सामग्री संयुक्त काबुलमा रहेको राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण गरिएको छ ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा गएको टोलीले लगेको सहायता सामग्रीमा अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा लगायउतका रहेको र सो सामग्री काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरिएको छ ।
हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो । जहाज बाबुल उड्नुअघि परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको जानकारी दिएका थिए । अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा रहेको बताइएको छ ।
प्रकाशित मिति:
आईतबार, माघ २, २०७८, १५:०४:००