काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना ससंक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । आज संक्रमण पुष्टि भएका लगायर अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।
यस्तै हालसम्म पीसीआर विधिबाट परिक्षण गर्दा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३ हजार ९८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको भएका छन् । अहिलेसम्म ११ हजार ६२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रकाशित मिति:
मंगलबार, माघ ४, २०७८, २०:५८:००