धनगढी । कारोना भाइरसबाट सुदूरपश्चिम प्रदेशमा आज थप ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये २सय ५७ जनाको पीसीआरमार्फत र २ सय ३१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना आजै भारतबाट आएका नागरिक रहेका छन् । उनीहरु मध्ये कञ्चनपुरको त्रिनगर नाकाबाट आएका ५० जना, गड्डाचौकी नाका आएका ४६ जना, बैतडीको जुलाघाट नाकाबाट आएका ५ जना रहेका छन् ।
प्रकाशित मिति:
मंगलबार, माघ ४, २०७८, २१:१६:००