काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज सुदूर पश्चिम प्रदेश, कणर्ाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कणर्ाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति:
बुधबार, माघ ५, २०७८, ०९:०२:००