बझाङ । नेपालको बझाङ घर भएका एक नेपाली भारतको उत्तराखण्ड राज्यको पिथौरागढबाट पक्राउ परेका छन् । आफ्नै नाबालिक छोरीलाई बिभिन्न प्रलोभन देखाएर दुष्कर्म गरेको र बेपत्ता बनाएको आरोपमा एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षका कामी थरका एक जनालाई पक्राउ गरी कानूनी प्रकृया अगाडी बढाएको जनाएको छ । पक्राउ परेका कामीबिरुद्ध पाँक्सो कानून अन्तर्गत मुद्धा दर्ता गरिएको भारतीय प्रहरीले जनाएको छ । पुलिस लाईन पिथौरागढ नजिक बस्ने एक स्थानीयले कामीले आफ्नै नाबालिक छोरीलाई बेपत्ता पारेको भन्दै कोतवालीमा उजुरी गरेका थिए ।
उजुरीपछि प्रहरी अधीक्षक लोकेश्वर सिंहले बेपत्ता बनाइएकी बालिकालाई खोजतलास गर्न प्रभारी निरीक्षक मोहन चन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली बनाएका थिए । प्रहरी र बालबालिकाका क्षेत्रमा कार्यरत महिलाहरुले ती बालिकालाई खोजेर अभिभावकको जिम्मा लगाएको बताइएको छ । प्रहरी आरोपीत कामीलाई पिथौरागढस्थित अदालतमा प्रस्तुत गरिसकेको छ ।
प्रकाशित मिति:
बुधबार, माघ ५, २०७८, १२:३१:००