धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आजदेखि नेपाली साहित्य महोत्सव सुरू हुदैछ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा लाग्ने साहित्य महोत्सव २०७८ फागुन २१ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने छन् ।
नेपाली भाषा संस्कृतिको उजागर गर्न तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टियसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिती रहने बताइएको छ । महोत्सवमा काव्य गोष्ठी,गजल साँझ, सांगीतीक साँझलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यसअघि २०७६ सालमा पनि धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएको थियो । त्यसपछि कोरोना महामारीका कारण यस्ता ठुला कार्यक्रम आयोजना गर्न नसकिएको र हाल कोरोना संक्रमण कम भएपछि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति:
बिहिबार, फागुन १९, २०७८, ०७:४५:००