धनगढी । नेपाली साहित्य महोत्सव २०७८ आजदेखि धनगढीमा सुरू भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सव फागुन २१ गते सम्म सञ्चालन हुनेछ । नेपाली साहित्य महोत्सवको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।
महोत्सवमा विभिन्न देशका ठाउँबाट दुई सय भन्दा बढी साहित्यकारको उपस्थिती रहेको छ । उनीहरुको उपस्थितीमा महोत्सवमा काव्य गोष्ठी, गजल साँझ, सांगीतीक साँझलगायतका कार्यक्रम हुने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।
प्रकाशित मिति:
बिहिबार, फागुन १९, २०७८, १७:३५:००