डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ ले मध्यकालिन मानव सभ्यताको उद्गम बिन्दु मानिने मलास क्षेत्रमा बहु-आयामिक पार्क बनाउन लागेको छ । मल्लकालिन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवा चौतारा र बाटो लगायत मानव बस्तिका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा वडाले पार्क बनाउने काम थालेको हो ।
निर्माणाधिन बहु-आयामिक पार्कमा रहेका मल्लकालिन शिलालेख ।
परशुराम नगरपालिका वडा नम्बर ७ मलासको कोलडाडामा सहिद पार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशब बोहराले बताए । तराई, पहाड र भित्रीमधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासमा पार्क बनाउनका मुख्य चार वटा उदेश्य रहेको वडाध्यक्ष बोरोले बताए । मलासमा बनाउन लागेको पार्कबाट तराई, पहाड, भित्रिमधेश र हिमाल समेत हेर्न सकिने छ । जुन आन्तरिक तथा बाह्य पर्यटनको मुख्य आकर्षण केन्द्र हुनेछ् । दोस्रो मलास क्षेत्र र पार्क भित्र समेत रहेका पुरातात्विक महत्वका चिजको संरक्षण, प्रचारप्रसार गर्नुका साथै तिनिहरुको गहन अध्ययन, अन्बेशण गर्न राष्ट्रिय अन्तराष्ट्रिय सर्कलमा जोडिने छ । तेस्रो २०५८ यताको जनयुद्ध र शसस्त्र संघर्षमा दुबै तर्फबाट ज्यान गुमाएका सबै ब्यक्तिहरुको नाममा पार्क भित्र शान्ती बाटिका निर्माण गरि सहिद र सहिद परिवारको सम्मान गगरिने छ । चौथो मनोरन्जनको मुख्य स्थन सेल्फी प्वाइन्ट, पिकनिक स्पोर्ट, बिश्राम घर लगायतका महत्वपुणर् स्थानहरु निर्माण गरि पर्यटन हब बनाउने उदेश्य रहेको वडाध्यक्ष बोहराले बताए ।

निर्माणाधिन बहु-आयामिक पार्क क्षेत्रमा वडाध्यक्ष केशब बहादुर बोहरा ।
पार्कमा गोलघर निर्माणका लागि वडा कार्यालयबाट रु एक लाख ८० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाख ५० हजार बजेट छुट्टाएको वडा अध्यक्ष बोहराले बताए । यसवर्ष पार्क क्षत्रमा गेट, गोलघर, पदमार्ग, सेल्फी प्वाइन्ट बनाइदछ भने भ्वुटावर लगायतका संरचनाहरु क्रमश निरमाण गरिदै जाने उनले् बताए । पार्क बनाउन लागेको मलास क्षेत्र डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ मलास र कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिकको क्षेत्रासंग जोडिएको छ ।मलास तीन बर्ष अगाडी मात्र सडक सञ्जालसंग जोडिएको थियो । निर्माणाधिन पार्कसम्म पुग्न कञ्चनपुरको महेन्द्रनगर बजारबाट लगभग १५ किलोमिटर कच्ची सडक छ भने डडेल्धुराको परशुराम नगरपालिकाको ७ नम्बर वडा सदरमुकाम सादनीबाट ११ किलोमिटर लामो कच्ची सडक रहेको छ ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २०, २०७८, २०:२३:००