जमुना न्युरे/धनगढी । कोरोना भाइरसका कारण सुस्ताएको होमस्टे व्यवसायमा फेरि चहलपहल बढ्दै गएको छ । कैलालीको जिल्लाकैे पहिलो होमस्टे भादा गाउँ होमस्टेमा कोरोना संक्रमण कम भएसंगै चहलपहल बढेको हो ।

धनगढी उपनगरपालिका वडा नम्बर १६ मा सञ्चालित भादा गाउँ होमस्टेका कारण यहाँको पर्यटन प्रबद्धनमा सहयोग पुगेको छ । अहिले नेपालका ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो क्रममा रहेको छ । व्यवस्थित होटल तथा लज नभएको स्थानमा होमस्टे राम्रो बिकल्प पनि हो । होमस्टेको छुट्टै बिषेषता छ, पाहुना सत्कार, सस्कृति झल्कने परम्परागत शैली, रहनसहन, बोली र भाषा होटल तथा लज भन्दा होमस्टेमा फरक हुने गर्दछ ।
पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरणमा पनि होमस्टेको योगदान महत्तपुर्ण रहेको छ । तराई भु-परिधि कार्यक्रम तालको सहयोगमा २०६७ सालबाट भादा गाउँ होमस्टे सञ्चालनमा आएको थियो । स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराई उनीहरुको आय आर्जनमा टेवा पर्ुयाउनका लागी होमस्टे सञ्चालनको अवधारणा ल्याइएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष विशाल सापकोटाले बताए ।

सुरुमा १५ ओटा घरबाट सुरु गरिएको भादा गाउँ होमस्टे अहिले ५ घर थपेर २० घरमा सञ्चालन गरिएको छ । भादा गाउँ होमस्टे पुगे थारु जातीको परम्परागत र मौलिक कला सास्कृति, खाना, बासका साथै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ । धार्मिक तथा पर्यटनको दृष्टिले महत्वपुणर् मानिएको बेहेडाबाबा मन्दिर, विभिन्न तालहरु, बसन्ता जैविक मार्गसंगै जोडिएकाले यहाँ चराचुरुङ्गी बन्यजन्तुको भारतको दुधुवा नेसनल पार्क हुँदै कर्तरनिया बन्यजन्तु सेन्चुरी भएर कणर्ाली कोरिडोर हुँदै चुरे भाबरसम्म ओहोरदोहोर गर्दछन् ।
भादा होमस्टेमा कृषिमा उपज प्रशस्त मात्रामा पाउने हुँदा जहाँ नुन र चिनि मात्र बजारबाट किन्नका लागि जाने गर्दछन् । आफैले गाउँमा उत्पादन गरेको अन्नको मौलिक खाना खुवाइन्छ । भादा गाउँ होमस्टे कृषिमा आत्मनिर्भर रहेको छ । बिश्वभर फैलिएको कोरोना माहामारीका कारण होमस्टे व्यवसाय पनि प्रभावित भयो । कोरोनाका कारण होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटन आउन सकेनन् । भादा गाउँ होमस्टे घर नम्बर ६ का नरेन्द्र चौधरी भन्छन्, होमस्टेमा पाहुना नआउदा आफुहरुको आयआर्जन र जिबिकोपार्जनमा समेत असर परेको छ ।
भादा गाउँ होमस्टे व्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ । होमस्टेको व्यवस्थापनका लागी अहिले शौचालय, नुहाउनका लागि अचित व्यवस्था सहितको घर निर्माण भइरहेका छन् । कोरानाका कारण थला परेको होमस्टे व्यवसाय पुन पहिलेकै जस्तै सञ्चालनका लागि होमस्टेको अवस्था कस्तो ? आगामी दिनमा होमस्टे कसरी सञ्चालन गर्ने भन्ने रणनीति बनाउन मसुरिया सामुदायिक वन समितिको समन्वय र तराई भु-परिधि कार्यक्रम तालको सहयोगमा तीन दिनको तालिम समेत गरिएको छ ।
प्रकाशित मिति:
शनिबार, फागुन २८, २०७८, १२:५३:००